आर्थीकसंसार संवाददाता२३ असोज, २०८३
२३ असोज, २०८३काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ’इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।
यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानहरूबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (लुप क्रेडिट) सुविधा प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।



