१६ असोज, २०८३काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कले आफ्ना उपभोक्ताहरूका लागि चाडपर्वको अवसरमा विशेष उपहारसहित ‘म्याक्स टाइगर दशैं धमाका २०८३’ अभियान सार्वजनिक गरेको छ ।
राजधानीमा शुक्रबार (आज) आयोजित एक कार्यक्रमका बीच आयोजक तथा ब्रान्ड एम्बेसेडर महानायक राजेश हमालको उपस्थितिमा सो योजना घोषणा गरिएको हो ।
यस अभियानअन्तर्गत १८ जना भाग्यशाली विजेताले यामाहा स्कूटर, १८ जनाले यामाहा बाइक र एक जना भाग्यशाली बम्पर विजेताले प्रोटोन इमास ७ कार जित्न सक्नेछन् ।
कात्र्तिक मसान्तसम्म लागु हुने यो योजनामा सहभागी हुन उपभोक्ताले म्याक्स टाइगर इनर्जी ड्रिङ्क खरिद गरी क्यान वा बोतलको पुलअफको पछाडि हेर्नुपर्नेछ ।
पुलअफमा पुरस्कार परेको लेखिएको खण्डमा सम्बन्धित खुद्रा पसल वा डिलरमार्फत दाबी गर्न सकिनेछ ।
उपहार वितरण प्रक्रियालाई पारदर्शी बनाउन कम्पनीले चाडपर्व सकिएलगत्तै काठमाडौंको एक पाँचतारे होटलमा भव्य कार्यक्रम आयोजना गरी मिडियाको उपस्थितिमा विजेताहरूलाई औपचारिक रूपमा पुरस्कार हस्तान्तरण गरिने जनाएको छ ।
कार्यक्रममा बोल्दै ब्रान्ड एम्बेसेडर राजेश हमालले म्याक्स टाइगर शुद्ध नेपाली, गुणस्तरीय र अत्यन्तै लोकप्रिय ब्रान्ड भएको उल्लेख गर्दै यससँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।
उनले स्वदेशका साथै विदेशमा पनि आफ्नो पहिचान बनाउन सफल यस उत्पादक कम्पनीको दशैं धमाका अभियानले चाडपर्वको माहोललाई अझ उत्साहजनक र ऊर्जावान् बनाउने विश्वास व्यक्त गर्दै सबैलाई विजया दशमीको शुभकामना दिए ।
कम्पनीका सेल्स हेड कृष्ण दाहालले यो योजना केवल उपहार जित्ने अभियान मात्र नभई वर्षभरि म्याक्स टाइगरलाई माया र विश्वास गर्ने उपभोक्ताहरूप्रतिको सम्मान र धन्यवाद ज्ञापन भएको बताए ।
कम्पनीले दशैंमा सबै नेपालीको जीवनमा नयाँ ऊर्जा, समृद्धि र खुसी छाओस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।



