News Portal

  • नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट-टप बक्स, अब स्मार्ट टीभीमा बक्सबिनै एनटीटीभी

    आर्थीकसंसार संवाददाता१५ असोज, २०८३
    २४ पटक
    १५ असोज, २०८३

    काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिनै स्मार्ट टीभीमा प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।

    कम्पनीले असोज १५ गतेदेखि एन्ड्रोइड टीभी प्रयोगकर्ताका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । यससँगै एन्ड्रोइडमा आधारित स्मार्ट टीभी प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्स नराखी एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन् ।

    यसका लागि ग्राहकले आफ्नो स्मार्ट टीभीमा रहेको गुगल प्ले स्टोरमा ‘स्मार्ट एनटीटीभी’ खोजेर एप इन्स्टल गर्नुपर्नेछ । एपमार्फत भर्चुअल सेट–टप बक्स प्रयोग गरी टेलिभिजन सेवा सञ्चालन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

    कम्पनीका अनुसार हाल एन्ड्रोइड टीभीका लागि मात्र यो सुविधा उपलब्ध गराइएको छ । निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

    नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज खरिद गरेमा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । भर्चुअल सेट–टप बक्ससहितको एनटीटीभी प्रयोग गर्न कम्पनीले विभिन्न प्याकेजसमेत उपलब्ध गराएको छ ।

    कम्पनीका अनुसार वार्षिक र दुई वर्षे प्याकेजमा मोबाइल डाटाको सुविधा पनि उपलब्ध छ । एनटीटीभी तथा प्याकेजसम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपबाट लिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्