News Portal

  • एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

    आर्थीकसंसार संवाददाता१५ असोज, २०८३
    १७ पटक
    १५ असोज, २०८३

    काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ सिरिज खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।

    यो योजना एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकका लागि उपलब्ध हुनेछ । आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकले प्याकेजअन्तर्गत असीमित डाटा, असीमित स्थानीय कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र लायन्सगेटको सदस्यता सुविधा पाउनेछन् ।

    योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन् ।

    त्यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० ग्राहकले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन् ।

    एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकका लागि विशेष योजना ल्याउन पाउँदा खुसी लागेको बताए ।

    उनले एनसेलको प्रतिबद्धताअनुसार यो योजनाले देशभरका ग्राहकलाई भरपर्दो मोबाइल सेवा र डिजिटल सुविधा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

    दत्ताका अनुसार प्रिमियम मोबाइलसँग भरपर्दो मोबाइल सेवा जोडेर ग्राहकको सञ्चार तथा मनोरञ्जन अनुभवलाई थप सहज बनाउने उद्देश्यले योजना ल्याइएको हो ।

    प्रतिकृया दिनुहोस्