Skip

News Portal

  • हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुनः सुरु

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८३
    २२ पटक
    १३ असोज, २०८३

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई पुनः नियमित उडान थालेको छ । त्रिभुवन विमानस्थलबाट पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल सांघाईबीच सोमबारदेखि नियमित सिधा उडान सुरु भएको हो।

    हिमालयको उडान नम्बर एच ९७८० काठमाडौंबाट सोमबार साँझ ०७ः११ बजे सांघाईको लागि प्रस्थान गरेको थियो । उक्त उडान मंगलबार बिहान चिनियाँ समय अनुसार ०२ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्‍यो । सो जहाज नेपाली समय अनुसार आज बिहान ०८ः१३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    यस उडान सेवा पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बनेको छ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण हवाई सम्पर्क पुनर्स्थापित भएको छ ।

    हिमालयले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्दैछ । काठमाडौं–सांघाईतर्फका उडान हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई-काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । कम्पनीले यात्रुको माग तथा यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने जनाएको छ ।

    काठमाडौं–सांघाई–काठमाडौं उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौं र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्दैछ ।

    नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने कम्पनीले बताइएको छ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्‍याउने कम्पनीको अपेक्षा छ । यसले नेपालको आर्थिक पुनरुत्थान तथा आर्थिक वृद्धिको लक्ष्यलाई समेत सहयोग पुर्‍याउनेछ ।

    हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलेनेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन कम्पनी तत्पर रहेको बताए । सोही अनुसार सधैं चीनमा नयाँ नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्