News Portal

  • भारतीय उद्योगपतिहरुसँग आज छलफल गर्दै अर्थमन्त्री वाग्ले, नेपालमा लगानी गर्न आह्वान गर्ने

    आर्थीकसंसार संवाददाता३ असोज, २०८३
    ३६ पटक
    ३ असोज, २०८३

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्दैछन्।

    अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको उद्योगीहरुसँगको ’राउन्ड टेबल’ छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। परिसंघकी अध्यक्ष डा सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्।

    कार्यक्रममा वाग्लेले भारतीय उद्योगपतिहरुलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरुलाई लगानी विस्तारका लागि आह्वान गर्नेछन्। यसका साथै लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरुलाई स्पष्ट पार्नेछन्।

    अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसंघका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसंघले जनाएको छ।

    प्रतिकृया दिनुहोस्