News Portal

  • बाढीपछि प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्बभन्दा बढी मौज्दात

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८३
    ३९ पटक
    २५ भदौ, २०८३

    काठमाडौं । गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ ।

    कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

    यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ ।

    बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

    रसुवामा भोटेकोशी नदीमा बाढी आएपछि सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो ।

    सोहीबमोजिम स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो ।

    प्रतिकृया दिनुहोस्