News Portal

  • बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    ११ पटक
    १८ भदौ, २०८३

    काठमाडौं । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

    उक्त सहयोग रकम ग्रुपले आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।

    प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

    एसटीसी ग्रुपले आधिकारिक वितरक भएर काम गर्दै आएको  भारतीय भेरोक इन्टरनेशनल कम्पनीले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । दुबै मिलाएर कम्पनीले एकमुष्ठ ५० लाख हस्तान्तरण गरेको हो ।

    भोटेकोसी क्षेत्रमा आएको बाढीले जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा पुर्याएको क्षतिप्रति निजी क्षेत्रले समेत जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गर्दै सहयोगको निर्णय गरिएको हो ।

    एसटीसी नेपालका प्रबन्ध निर्देशक  सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।

    एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायरलगायतका उत्पादनको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको व्यावसायिक समूह हो ।

    अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ ।

    ग्रुपले विपद्को यस घडीमा सरकार, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्यबाट प्रभावित क्षेत्रको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास राखेको छ ।

    प्रतिकृया दिनुहोस्