News Portal

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार मात्रै २५ करोडभन्दा बढी रकम संकलन

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८३
    ५१ पटक
    १६ भदौ, २०८३

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूबाट २५ करोड ६७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता प्राप्त भएको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्राप्त जानकारी अनुसार कोषमा राहत प्रदान गर्ने कुल ८० जना व्यक्ति तथा संस्थाहरूबाट चेक मार्फत सो रकम संकलन भएको हो ।

    सङ्कलनका लागि प्राप्त चेकहरूमा उल्लेख भएको कुल रकम २५ करोड ६७ लाख ८४ हजार छ सय ७० रुपैयाँ रहेको छ ।

    प्राकृतिक विपद्बाट प्रभावितहरूका लागि उपलब्ध गराइएको यो सहयोग रकमले उद्धार, राहत तथा पुनर्नर्माणको कार्यमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्