News Portal

  • टाटा सियरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक हुँदै

    आर्थीकसंसार संवाददाता४ भदौ, २०८३
    ४६ पटक
    ४ भदौ, २०८३

    काठमाडौं । भारतीय अटोमोबाइल बजारमा चर्चित बनेको टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सियरा ईभी नेपाल आइपुगेको छ । कम्पनीले यसलाई आगामी नाडा अटो शो २०२६ मा पहिलोपटक नेपाली बजारका लागि आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा सियरा ईभी सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सार्वजनिक हुनुअघि नै यो मोडलले नेपाली अटो पारखीमाझ व्यापक उत्सुकता सिर्जना गरिसकेको कम्पनीको दाबी छ ।

    कम्पनीका अनुसार सियरा ईभी उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र फ्युचरिस्टिक डिजाइनको संयोजन भएको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो । भारतीय बजारमा बिक्री र बुकिङका नयाँ कीर्तिमान कायम गरेको यो मोडलले नेपाली ईभी बजारमा पनि नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

    नेपाली सडकको अवस्था र आधुनिक चालकको आवश्यकता ध्यानमा राखेर सियरा ईभी नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ । दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका कारण यसले प्रिमियम ड्राइभिङ अनुभव दिने विश्वास कम्पनीको छ ।

    कम्पनीले नाडा अटो शोमा सियरा ईभीको स्टल अवलोकन गर्न र गाडीलाई नजिकबाट अनुभव गर्न दर्शकलाई आमन्त्रण गर्दै अटो शोको काउन्टडाउन सुरु भइसकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्