News Portal

  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२ भदौ, २०८३
    ५२ पटक
    २ भदौ, २०८३

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् ।

    बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग व्यावसायिक सम्झौता गरेको हो ।

    सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, बस्न तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

    त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

    उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ । साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर पनि छुट तथा सुविधा लिन सकिनेछ ।

    यसैबीच, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याएको जनाएको छ ।

    बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्