News Portal

  • पत्रकार किशोर श्रेष्ठ पक्राउ

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८३
    १३० पटक
    २७ साउन, २०८३

    काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरस्थित निवास छेउबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका सम्पादक पनि हुन् ।

    श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाइएको हो ।

    यसैबीच, प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीले पनि पत्रकार श्रेष्ठविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकी छन्। जनआस्थाको सामाजिक सञ्जाल पेजबाट सुध्रिनुस् म्याडम, अझै समय छ भन्ने आपत्तिजनक थम्बनेल र तस्बिर प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै उनले काउन्सिलमा छानबिनको माग गरेकी हुन् ।

    उक्त सामग्रीले आफ्नो पद, प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उपसभामुखले पत्रकारिता आचारसंहिता र प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्