

२६ साउन, २०८३काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको छ । यस एक्सपोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको छ ।

सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडीसडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको इ.मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अन्य विशेषताहरूमा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुलएचडी डिस्प्ले युनिट, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दुरी, र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ । त्यसैगरी यसमा ४.९५ मिटरका टर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर–ह्विल ड्राइभ प्रणाली, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल, र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड (भिटुएल) जस्ता प्रविधिहरू उपलब्ध छन् । त्यस्तै यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर र पावर्ड टेलगेट, ३६०–डिग्री क्यामेरा जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रेहको छ । कम्पनीले यसको अद्यावधिक बजार मूल्य प्राइम भेरियन्टका लागि रु . ३२.९९ लाख र प्रिमियम भेरियन्टका लागि रु . ३६.९९ लाख निर्धारण गरेको छ । नाइमा मोबिलिटि एक्सपो २०२६ को हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा आएर प्रोटोन इ.मास ५ को प्रत्यक्ष अनुभव लिन कम्पनीले सम्पूर्ण अटो पारखी तथा ग्राहकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ ।