News Portal

  • नेरुडे मिर्मिरेको नाफा साढे २३ करोड, १९.८६ प्रतिशतमा झार्यो एनपीएल

    आर्थीकसंसार संवाददाता२५ साउन, २०८३
    २५ पटक
    २५ साउन, २०८३

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा २३ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त १८ करोड २५ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो ।

    गत आवमा लघुवित्त संस्थाले १ अर्ब २९ करोड ४३ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ४४ करोड ८८ लाख ३७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधिमा लघुवित्तले २१ करोड ९ लाख ३२ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, १ अर्ब ५१ करोड ३ लाख ५७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३२ करोड ३० लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ ।

    अघिल्लो वर्ष लघुवित्तले २२ करोड ६८ लाख ४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, १ अर्ब ६७ करोड ५६ लाख ४२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र २० करोड १० लाख ७० हजार रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

    लघुवित्तको वितरणयोग्य नाफा १२ करोड १९ लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

    १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३३ करोड २२ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष ३१.६४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष घटाएर १९.८६ प्रतिशतमा झारेको लघुवित्तले जनाएको छ ।

    गत असारसम्म लघुवित्तको निक्षेप ७ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ तथा सापटी ९ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ र कर्जा लगानी १९ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष निक्षेप ६ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ तथा सापटी १० अर्ब ८५ करोड २१ लाख रुपैयाँ र कर्जा लगानी १९ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ थियो ।

    अघिल्लो वर्ष १३.०६ रुपैयाँ माइनसमा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष १६.८८ रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ १८६.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.६९ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्