आर्थीकसंसार संवाददाता२३ माघ, २०७७
२३ माघ, २०७७काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो ।
समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँदेखि सुरु हुने छ ।