News Portal

  • महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता२० साउन, २०८३
    ११ पटक
    २० साउन, २०८३

    काठमाडौं । महालक्ष्मी विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४८.४६ प्रतिशत बढेर ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १०.६९ प्रतिशत बढेर २ अर्ब १४ करोड ८७ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९४ करोड १२ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३ करोड ४ लाख ७७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड ८६ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा ९३ करोड ७९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी २० करोड ६५ लाख ६३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब २७ करोड १८ लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ६१ करोड १४ लाख ६ हजार रुपैयाँ थियो ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १०.३१ प्रतिशत रहेको छ ।

    ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ६१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

    गत असारसम्म बैंकको निक्षेप संकलन ०.१९ प्रतिशत घटेर ५५ अर्ब ९९ लाख रुपैयाँ र कर्जा लगानी ४.४१ प्रतिशत बढेर ४३ अर्ब ३४ करोड १३ लाख रुपैयाँ प्रवाह गरेको छ ।

    अघिल्लो वर्षको असारसम्म बैंकले ५५ अर्ब ११ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ करोड ५१ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८६.८२ प्रतिशत रहेको छ ।

    बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ९.८८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १३.९६ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ छ ।

    बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ६.३२ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्