News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तका सीईओ रायको राजिनामा स्वीकृत, निमित्तमा बराली

    आर्थीकसंसार संवाददाता२९ असार, २०८३
    १३ पटक
    २९ असार, २०८३

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले आफ्नो पदबाट राजिनामा दिएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट दिएको राजीनामा असार २७ गते बसेको संचालक समितको बैठकले साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।

    साथै, संस्थाको सोही बैठकले साउन १ गतेदेखि लागु हुने गरी यस संस्थाका विभागिय प्रमुख इन्द्र बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेबारी दिने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्