काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५२ करोड ५५ लाख रूपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशत अर्थात १८ करोड २५ लाख रूपैयाँ बढी हो । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा यस बैंकले ३४ करोड ३० लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।
वितरणयोग्य नाफामा मुक्तिनाथ विकास बैंकले १२ वटा वाणिज्य बैंकलाई जितेको छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी छ भने यस बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ ।
१२ वटा बैंकको वितरणयोग्य नाफा ९ करोड रुपैयाँदेखि ५० करोडको बीचमा रहेको छ । पुस मसान्तको रिपोर्टअनुसार लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, सेन्चुरी कमर्सियल बैंक, सनराईज बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकको खुद नाफाभन्दा मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा बढी देखिएको छ । समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार भएको छ । बैंकले चालु आवको पहिलो ६ महिनामा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा यस बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
मुक्तिनाथको वासलात पुस मसान्तसम्ममा ८३ अर्ब ६९ करोड रुपैयाँ बराबर भएको छ । रिर्जभसहित बैंकको पुँजी कोष ६ अर्ब २७ करोड रुपैयाँ छ । यस विकास बैंकले सर्वसाधारणबाट ७५ अर्ब ८७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ भने ५८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह र १२ अर्ब २७ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
नाफामा बृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा रहेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । गत वर्ष यस्तो आम्दानी १९ रुपैयाँ ६४ पैसा थियो । बैंकको अन्य वित्तीय परिसूचकहरु पनि सन्तुलित रहेका छन् । पुँजी प्रयाप्तता अनुपात ११.८९ प्रतिशत रहेको छ । यो अंक ११ देखि १३ प्रतिशत हुनुलाई राम्रो मानिन्छ । त्यस्तै बैंकको खराव कर्जा शुन्य दशमलव ३० प्रतिशत छ । खराब कर्जा जति थोरै भयो त्यति बैंक राम्रो हुन्छ ।
बैंकको कष्ट अफ फण्ड पनि वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धी रहेको छ । पुस मसान्तमा बैंकको कष्ट अफ फण्ड ६.२४ प्रतिशतमा झरेको छ । एक वर्षअघि ८.६१ प्रतिशत थियो । कष्ट अफ फण्ड सस्तो हुँदा बैंकले सस्तो व्याजदरमा कर्जा लगानी गर्न सक्छ । बेस रेट पनि एक वर्षअघि ११.१८ रहेकोमा हाल ८.३८ प्रतिशतमा झरेको छ ।
वितरणयोग्य नाफामा मुक्तिनाथले १२ वाणिज्य बैंकलाई पछाडि पार्दै
आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
१८ माघ, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह