११ असार, २०८३काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ । हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा एक कार्यक्रमका बीच बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई उक्त स्मार्ट बोर्ड हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापकद्वय निरा गिरी र गोबिन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
