News Portal

  • विश्वकप फुटबल– ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    आर्थीकसंसार संवाददाता११ असार, २०८३
    २९ पटक
    ११ असार, २०८३

    काठमाडौं । ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्।

    समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज बिहीबार भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। तीन खेलमा ब्राजिलको ७ अंक छ।

    समान ७ अंक रहेको मोरक्को हेड टु हेड अनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

    एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गरेको थियो।

    स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे।

    भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए।

    त्यस्तै भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।

    खेलको ६०औं मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए। त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो। यससँगै समूह ‘सी’ बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन्।

    प्रतिकृया दिनुहोस्