News Portal

  • सिटिजन लाइफको नाफा साढे ३६ करोड रुपैयाँ, जीवन बीमा कोष २४.५५ अर्ब पुग्यो

    आर्थीकसंसार संवाददाता२९ बैशाख, २०८३
    १२ पटक
    २९ बैशाख, २०८३

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ०.६६ प्रतिशत बढेको छ ।

    चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क र ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद र ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

    चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको ९ महिनामा कम्पनीले ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरी ७ अर्ब २० करोड ९० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा ६ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, सञ्चित नाफा ४७ करोड ९ लाख रुपैयाँ, अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ र जीवन बीमा कोष २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी ९.६० रुपैयाँ, प्रतिसेयर आम्दानी १३१.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.५४ गुणा छ ।

    प्रतिकृया दिनुहोस्