Skip

News Portal

  • व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट दिने सिटिजन लाइफको घोषणा

    आर्थीकसंसार संवाददाता२१ बैशाख, २०८३
    २०७ पटक
    २१ बैशाख, २०८३

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै आज वैशाख २२ गतेदेखि आउँदो जेठ २२ गतेसम्म व्यतित बीमालेख पुनर्जागरण गरेमा सोमा लाग्ने विलम्ब शुल्क (ब्याज) नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा (२) र (३)को अधीनमा रही १०० प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी गराएको हो। बीमितको आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क समयमै भुक्तानी गर्न नसकेको हुँदा बीमालेख व्यतित हुन गएको अवस्थालाई ध्यानमा राखेर कम्पनीले यो छुट सुविधा प्रदान गरेको सूचनामा उल्लेख छ।

    प्रतिकृया दिनुहोस्