आर्थीकसंसार संवाददाता१९ बैशाख २०८३
१९ बैशाख २०८३काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेकान हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको हो ।
यसअघि तीन वटा अध्यादेश जारी भइसकेको छ ।

