Skip

News Portal

  • बाँकी रहेको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता१७ बैशाख २०८३
    ६०५ पटक
    १७ बैशाख २०८३

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बाँकी रहेको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीमा बीमितले २०८२ चैत मसान्तसम्ममा क्षति भई प्राप्त हुन आएका बीमा दाबीका सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको र बीमित सम्पर्कमा नआएका सूचनामा उल्लेख छ।

    यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी बाँकी रहेको बीमा दाबी प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ।

    तोकिएको अवधिभित्र बीमा दाबी प्रक्रिया बढाउन बीमित सम्पर्कमा नआएका खण्डमा बीमा दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्