News Portal

  • प्रभु बैंकद्वारा एचआरडीसीलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८३
    ६ पटक
    १४ बैशाख, २०८३

    काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंकले हस्पिटल एण्ड रिह्याबिलिटेसन सेन्टर (एचआरडीसी)लाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित एचआरडीसीलाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

    उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न एचआरडीसीलाई सहयोग पुग्ने छ ।

    एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले एचआरडीसीका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरे ।

    प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकवर्गहरुलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्