१४ बैशाख, २०८३काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३.८२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरयायोग्य मुनाफा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा वितरणयोग्य मुनाफा १०.०५ प्रतिशतले बढेको छ।
चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३.५३ प्रतिशतले घटेको छ।
तेस्रो त्रैमाससम्म बैंकले ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १.३३ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङमा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ र रिजर्भमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ अर्ब ८९ करोड ३० लाख रुपैयाँ र रिजर्भमा १३ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। यो आँकडाले बैंकको व्यापार पनि बढेको देखिन्छ।
चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.६१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.६४ प्रतिशत नै थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३२.३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३५.६१ रुपैयाँ थियो। पीई रेसियो २१.५८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४४.२७ रुपैयाँ रहेको छ।
