News Portal

  • प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांस पारित

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८३
    १५ पटक
    ९ बैशाख, २०८३

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार (आज) सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७ प्रतिशत लाभांश पारित गरेको छ ।

    साधारण सभाले गत आवको लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७ प्रतिशत लाभांश पारित गरेको हो ।

    जसमा ८.७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांशले हुन आउने रकम  १५ करोड ५७ लाख ७१ हजार ७५३ रुपैयाँ वितरण गरेको छ ।

    साधारणसभामा कम्पनीमा अध्यक्ष राजेन्द्र मल्लले कम्पनीले दिगो रूपमा सफलता हासिल गर्नको लागि नीतिगत रूपमा अल्पकालीक तथा दीर्घकालीन रणनीति तय गरेको बताए । कम्पनीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र सूचना प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

    ‘सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि प्रविधिको उपयुक्त प्रयोग गर्दै छिटो र सहज सेवा उपलब्ध गराउने नीति लिएको छ, अध्यक्ष मल्लले भने,‘ कम्पनीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रूपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिइएको छ ।’

    साथै मानव संसाधन विकास, कर्मचारी तालिम तथा कार्यक्षमता अभिवृद्धिमा पनि विशेष जोड दिइएको अध्यक्ष मल्लले बताए ।

    अध्यक्ष मल्लका अनुसार कम्पनीले यस वर्ष  वित्तीय विवरण नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको छ ।

    कम्पनीले यस वर्ष इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ मा बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर, नेपाल’ र कम्पनी विथ् बेस्ट रिस्क म्यानेजमेन्ट स्ट्राजी अफ द इयर –जनरल नेपाल’ दुई वटा विधामा अवार्ड जित्न सफल भएको थियो ।

    प्रतिकृया दिनुहोस्