News Portal

  • एभरेष्ट हस्पिटलमा एनआईसी एशिया ग्राहकलाई छुटको व्यवस्था

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८३
    १६ पटक
    ९ बैशाख, २०८३

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली तथा एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू उपयोग गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । तर, आउटसोर्स सेवा, चिकित्सक परामर्श शुल्क र एम्बुलेन्स सेवामा भने यो सुविधा लागू नहुने जनाइएको छ ।

    त्यसैगरी, ग्राहकहरूले शल्यक्रिया (अपरेशन) सेवामा ५ प्रतिशत र अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

    यो सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप ‘मोबैंक’मार्फत भुक्तानी गर्नुपर्नेछ ।

    बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको विस्तार र नगदरहित कारोबार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस्