News Portal

  • तेस्रो मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिताः ३५ वर्ष डबल्सको उपाधि मेघेन्द्र र भीष्मजंगलाई

    आर्थीकसंसार संवाददाता५ बैशाख, २०८३
    ९ पटक
    ५ बैशाख, २०८३

    काठमाडौं । काठमाडौंमा सञ्चालन भएको ‘तेस्रो मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता–२०२६’ शनिबार सम्पन्न भएको छ। वैशाख २ देखि सुरु भएको यस प्रतियोगिताको अन्तिम दिन शनिबार विभिन्न ८ वटा विधामा फाइनल खेलहरु सम्पन्न भई उपाधि विजेताहरुको टुंगो लागेको हो।

    प्रतियोगिताको मुख्य आकर्षणका रुपमा रहेको ३५ वर्षमाथि (३५ प्लस) को एकल विधामा भीष्मजंग गुरुङले सिमान्त गुरुङलाई ३–६, ६–४ (१०–७) को कठिन सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भए। सोही उमेर समूहको डबल्सतर्फ मेघेन्द्र प्रकाश गिरी र भीष्मजंग गुरुङको जोडीले सन्तोष भण्डारी र हरक सिंह धामीको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि जिते जिते।

    प्रतियोगितामा ४५ वर्ष माथिको एकल विधामा देव क्षेत्रीले अमित गुरुङलाई ६–३, ४–१ (रिटायर्ड) को स्थितिमा पराजित गर्दै उपाधि जिते। डबल्सतर्फ रबिन गुरुङ र देव क्षेत्रीको जोडीले डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई २–६, ७–६ (१०–३) ले पछि पार्दै च्याम्पियन बन्यो।

    त्यसैगरी ५५ वर्षमाथि (५५ प्लस) को एकल प्रतिस्पर्धामा आशिष सिग्देलले उत्तम बोगटीलाई ४–६, ६–१ (१०–३) को नतिजाले हराउँदै उपाधि सुरक्षित गरे। डबल्सतर्फ शिव सेढाईं र हिमाल शाहको जोडीले व्मिल के. गुरुङ र डेगेन्द्र श्रेष्ठको जोडीलाई ५–७, ६–२ (१०–३) को संघर्षपूर्ण खेलमा पराजित गर्दै उपाधि जित्यो।

    ६५ वर्षमाथिको एकल विधामा कमल थापाले पवित्र रायमाझीलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियनको ट्रफी उचाले। त्यस्तै, डबल्सतर्फ कमल थापा र छाम्बा धन्दुपको जोडीले ध्रुव गुरुङ र रबिन्द्र दासको जोडीलाई ४–६, ६–३ (१०–५) ले पराजित गर्दै दोहोरो सफलता हात पारे।

    मण्डिखाटार टेनिस क्लबको आयोजनामा भएको यस प्रतियोगिताले नेपालमा एमेच्योर टेनिस खेलाडीहरुको उत्साह र खेल स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। ५ दिनसम्म चलेको प्रतियोगितामा विभिन्न उमेर समूहका १२० बढी खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

    यसैगरी, टेनिस खेलको विकासका लागि प्रेसिडेन्ट कपको पनि घोषणा गरिएको छ। प्रतियोगिता आगामी साउनदेखि सुरु हुने्छ भने डेभिस कप फम्र्याटमा सिंगल र डबल्सको प्रतिस्पर्धा हुनेछ। यसमा नेपालका सम्पूर्ण कल्बहरुले प्रतिस्पर्धा गर्न पाउने टेक्निकल डाइरेक्टर कृष्ण घलेले जानकारी दिए। यो प्रेसिडेन्ट कप टुर्नामेन्टको आयोजना तथा प्रवर्द्धन एमजेटीए मन जयन्कर टेनिस एकेडेमीका प्रेसिडेन्ट मनोज शम्सेर राणाले आजको समारोहमा घोषणा गरे।

    प्रतिकृया दिनुहोस्