News Portal

  • मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त

    आर्थीकसंसार संवाददाता४ बैशाख, २०८३
    १४ पटक
    ४ बैशाख, २०८३

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्।

    बैंकको सञ्चालक समितिको बिहीबार (वैशाख ३) मा बसेको ३७१ औं बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    मानन्धरको कार्यकाल आगामी २०८३ जेठ १ गतेबाट लागू हुने बैंकले जनाएको छ ।

    हाल बैंकमा कार्यरत सीईओ प्रद्युमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त हुने भएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो ।

    मुक्तिनाथ विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक हो ।

    प्रतिकृया दिनुहोस्