Skip

News Portal

  • हिमालयन लाइफका अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको सपथ

    आर्थीकसंसार संवाददाता२ बैशाख, २०८३
    २२७ पटक
    २ बैशाख, २०८३

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नवनियुक्त अध्यक्षमा नारायण बजाजले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त अध्यक्ष बजाजलाई आज नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

    हिमालयन लाइफको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको हो।

    यसअघि हिमालयन लाइफको अध्यक्षमा शुभल अग्रवाल रहेका थिए। उनले व्यक्तिगत कारण उल्लेख गर्दै चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए। बाँकी कार्यकालका लागि बजाजलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो।

    सम्पत्ति शुद्धीकरण मामिलामा अग्रवाल हाल प्रहरी हिरासतमा छन्।

    प्रतिकृया दिनुहोस्