News Portal

  • ट्रान्क्यूलिटी स्पा र जिन नेपालको आयोजनामा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न, वैशाखमा प्रशिक्षक तालिम हुने

    आर्थीकसंसार संवाददाता२४ चैत, २०८२
    ६ पटक
    २४ चैत, २०८२

    काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको संयुक्त सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न भएको छ । शनिबार अर्थात् चैत्र २२ गते आयोजित उक्त कार्यक्रममा स्वास्थ्य र फिटनेसप्रति चासो राख्नेहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त उत्सवमा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरू एकै ठाउँमा भेला भएका थिए ।

    बिहान ८ बजेदेखि सुरु भएको फेष्टमा सहभागीहरूले जुम्बा नृत्यका साथै शरीरलाई स्फूर्त राख्ने ‘डिटक्स’ र तनाव कम गर्ने ‘डिस्ट्रेस’ गतिविधिहरूमा भाग लिएका थिए ।

    कार्यक्रमले सहभागीहरूलाई दैनिक जीवनमा सक्रिय र स्वस्थ जीवनशैली अपनाउन ऊर्जा प्रदान गरेको थियो ।

    कार्यक्रममा बोल्दै ट्रान्क्यूलिटी स्पाका प्रमुख मानव संसाधन तथा वित्त अधिकृत एवं जिन नेपालकी सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, ‘यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय रहन प्रेरित गर्दछ। फिटनेस समुदायसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । ’

    फेष्टको सफलतासँगै आगामी वैशाख १८ गते (शुक्रबार) द सोल्टी काठमाडौंस्थित ट्रान्क्यूलिटी स्पामा ‘जुम्बा प्रशिक्षक तालिम’ आयोजना गरिने भएको छ ।

    यो तालिमले नयाँ प्रशिक्षकहरू उत्पादन गर्न र फिटनेस क्षेत्रमा व्यावसायिकता विकास गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

    जिन नेपालले हाल देशभर ५० भन्दा बढी लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूलाई एउटै संजालमा जोड्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ ।

    आगामी दिनहरूमा पनि ट्रान्क्यूलिटी स्पा र जिन नेपालबीच वेलनेस संस्कृति प्रवद्र्धनका लागि निरन्तर सहकार्य हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्