News Portal

  • ओली र लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
    १४ पटक
    १९ चैत, २०८२

    काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले यही चैत १५ गते पाँच दिन म्याद थपको अनुमति दिएकोमा सो म्याद सकिएपछि दुई दिन म्याद थप गरेको हो ।

    यसअघि, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको थियो ।

    सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।

    जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र  कांग्रेस नेता रमेश लेखक गृहमन्त्री हुनुहुन्थ्यो ।

    उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

    सो  सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरेर गत शनिबार ओली र लेखकलाई पक्राउ गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्