News Portal

  • भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरु कति प्रकारका हुन्छन् ?

    आर्थीकसंसार संवाददाता१७ चैत, २०८२
    २१२ पटक
    १७ चैत, २०८२

    काठमाडौं । भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले फरक प्रकृतिका सेवा प्रदायक संस्था स्थापनाका लागि अनुमति दिएको छ।

    भुक्तानी तथा फर्छ्यौट प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्र बैंकले अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरु दुई फरक प्रकृतिका हुन्छन्। जसमा एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र अर्को भुक्तानी सेवा प्रदायक (पीएसपी) छन्।

    पीएसपीले सर्वसाधारण सेवाग्राहीका लागि वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्वबापतको रकम भुक्तानी गर्ने, स्वदेशमा रकम स्थानान्तरण वा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालक गर्ने गर्दछन्।

    पीएसओले समाशोधन गृह (क्लियरिङ हाउस), विद्युतीय कार्ड वा अन्य (अनलाइन) भुक्तानी सञ्जाल सञ्चालनमार्फत भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्दछन्।

    हाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिएर २१ वटा पीएसपी र ८ वटा पीएसओ सञ्चालनमा छन्। त्यसैले पीएसपी र पीएसओको भूमिका बुझेर डिजिटल भुक्तानीको सही उपयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्