News Portal

  • नेपाल एसबीआई बैंकाद्वारा इलाका प्रहरी कार्यालय, टाँडी, रत्ननगरलाई सहयोग प्रदान

    आर्थीकसंसार संवाददाता१० चैत, २०८२
    १४ पटक
    १० चैत, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चितवन स्थित इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीलाई विभिन्न अत्यावश्यक सामाग्रीहरु जस्तै स्टिल दराज, अफिस टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, वाटर प्युरिफायर, ए.सी., स्ट्यान्डर सिलिङरवाल फ्यान, ल्यापटप सहयोग स्वरुप प्रदान गरेको छ ।

    उक्त सामाग्रीहरु बैंकका प्रमुख व्यवसाय प्रवरद्धन अधिकृत, प्रबिण मुनि बज्राचार्यले जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक, गोविन्द पूरीलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो ।

    यस सहयोगबाट जेन्जी आन्दोलनमा क्षती भएको इलाका प्रहरी कार्यालय, रत्ननगर, टाँडीको सेवा प्रवाह सहज हुने लक्ष्य बैंकले राखेको छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्