News Portal

  • हिमालयन रिइन्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता९ चैत, २०८२
    १० पटक
    ९ चैत, २०८२

    काठमाडौं । हिमालयन रिइन्योरेन्सका अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन् । गोल्छाले गत फागुन २५ गते राजीनामा दिएको कम्पनीले जनाएको छ ।

    कम्पनीको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले जानकारी दिए । गोल्छा कम्पनीका संस्थापक अध्यक्षसमेत हुन् । उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन ।

    कम्पनीको सञ्चालकमा शाहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता, राजीव मोर, सुभेछा खरेल र सुवास झुनझुनवाल रहेका छन् ।

    प्रतिकृया दिनुहोस्