News Portal

  • बुझिलिन बाँकी बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०८२
    १५३ पटक
    ३ चैत्र, २०८२

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बुझिलिन बाँकी रहेको बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ।

    कम्पनीले आज सूचना जारी गर्दै गत पुस मसान्तसम्म परेको बीमा दाबीहरुमा बुझिलिन बाँकी रहेका बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो। ‘बीमा दाबीहरु परे पनि हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको छ’, सूचनामा भनिएको छ, ‘त्यसैले दाबी फर्छ्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा वा कम्पनीको केन्द्रीय कार्यालयमा यथाशीघ्र सम्पर्क गरी आफ्ना दाबी फर्छ्यौट गरी सहयोग गरिदिनुहोस्।’

    यसका लागि कम्पनीले ३५ दिनको समयसीमा दिएको छ। यो अवधिभित्र बीमित सम्पर्कमा नआएको खण्डमा दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्