News Portal

  • नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०८२
    १७ पटक
    ३ चैत्र, २०८२

    काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

    आइतबार सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन्।

    सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ । हाल बैंकमा ३०० जना कर्मचारी कार्यरत रहेका छन् भने ८ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्