News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    १५ पटक
    १ चैत, २०८२

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा होटल न्यू ईरा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा सम्पन्न भएको हो । साधरण सभामा संस्थाका सञ्चालक हुँमा कुमारी कुँवर थापाले स्वागत मन्तब्य राखेका थिए ।

    साधारण सभामा संचालक समतिका अध्यक्ष बीकेले आ.ब ०८१।०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । साधरण सभामा प्राध्यापक डाःद्रोण प्रकाश रसाली,पूर्व अध्यक्षहरु तथा संस्थापक बाबुराम विश्वकर्मा,डा.यम बहादुर बि.के र रेवन्त बहादुर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गरे ।

    सोहि सभामा पूर्व सञ्चालक तथा संस्थापक माधब प्रसाद नेपाल,पूर्व सञ्चालक तथा सर्वसाधरण शेयर धनि गोकर्ण बहादुर कार्कि क्षेत्रि,संस्थाको बैकिङ समुदाय सदस्य तथा उद्यमि सरिता जोसिले मन्तब्य राखे ।

    साधरण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तु्त प्रतिवेदन पारित ,आ.ब ०८१।०८२ को वासलत,नाफा नोक्सान हिसाब,नगद प्रबाह विवरण,र सम्बन्धित अनुसूचि पारित,आ.ब ०८२।०८३ को बाह्य लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । विशेष प्रस्ताबको रुपमा अन्य उपयुक्त संस्थालाई गाम्ने,गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई अधिकार प्रत्योजन गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्