News Portal

  • श्रम संस्कृति पार्टीले चयन गर्‍यो समानुपातिक सांसद

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    ९ पटक
    १ चैत, २०८२

    काठमाडाैं। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ ।

    आइतबार (आज) धरानमा बसेको पार्टी बैठकले समानुपातिक प्रणालीअन्तर्गत चयन गरिने उम्मेदवारहरूको नाम तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको भोजपुरबाट निर्वाचित सांसद ध्रुव राईले जानकारी दिए ।

    राईका अनुसार समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट उम्मेदवार चयन गरिएको छ ।

    सिफारिस गरिएकामध्ये आदिवासी जनजाति समूहबाट पूर्णप्रसाद लिम्बू, खस आर्य समूहबाट अम्बिकादेवी सङ्ग्रौला, दलित समूहबाट राधिका रम्तेल र मधेसी समूहबाट रुवीकुमारी ठाकुर रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्