News Portal

  • स्थानीयका लागि कालिन्चोक हाइड्रोपावरको आइपीओ भर्ने म्याद लम्बियोे

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०८२
    १२ पटक
    २७ फागुन, २०८२

    काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने म्याद लम्बिएको छ।

    धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार यो आइपीओमा अब आयोजना प्रभावित स्थानीयले आउँदो चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन्। तर, उक्त मितिभन्दा अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा सूचना निकालेर आइपीओ निष्कासन बन्द गरिनेछ।

    कम्पनीले फागुन १३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइपीओ भने गत फागुन १७ गते नै निष्कासन बन्द गरिएको थियो।

    कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। त्यसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका बिक्री खुला गरिएको छ।

    यो आइपीओमा दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    स्थानीयले धितोपत्र बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    प्रतिकृया दिनुहोस्