News Portal

  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१० फागुन, २०८२
    ११ पटक
    १० फागुन, २०८२

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौताबमोजिम नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई प्याथोलोजी ल्याबको विविध सेवाशुल्कमा डिजिटल कारोबारमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

    सम्झौतापत्रमा फागुन ८ गते बैकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीका तर्फबाट ल्याब निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन्। यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहक डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।

    प्रतिकृया दिनुहोस्