आर्थीकसंसार संवाददाता५ फागुन, २०८२
५ फागुन, २०८२काठमाडौं । राहदानी विभागले दुई दिनको सार्वजनिक बिदामा सेवा दिने भएको छ ।
विभागले मंगलबार (आज) सूचना जारी गरेर फागुन ६ गते ग्याल्पो ल्होछार र फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पनि सेवा सुचारु गर्ने जनाएको हो ।
विभागका अनुसार बुधबार राहदानी वितरण गरिने र बिहीबार राहदानीको आवेदन फारम संकलन हुने भएको हो ।
भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा सुचारू हुने भएको छ ।

