News Portal

  • राहदानी विभागले भोलि र पर्सिको बिदामा पनि सेवा दिने

    आर्थीकसंसार संवाददाता५ फागुन, २०८२
    ५ पटक
    ५ फागुन, २०८२

    काठमाडौं । राहदानी विभागले दुई दिनको सार्वजनिक बिदामा सेवा दिने भएको छ ।

    विभागले मंगलबार (आज) सूचना जारी गरेर फागुन ६ गते ग्याल्पो ल्होछार र फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पनि सेवा सुचारु गर्ने जनाएको हो ।

    विभागका अनुसार बुधबार राहदानी वितरण गरिने र बिहीबार राहदानीको आवेदन फारम संकलन हुने भएको हो ।

    भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा सुचारू हुने भएको छ ।

    प्रतिकृया दिनुहोस्