News Portal

  • माछापुच्छ्रे बैंकले पायो रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने अनुमति

    आर्थीकसंसार संवाददाता४ फागुन, २०८२
    ३२६ पटक
    ४ फागुन, २०८२

    काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ।

    नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

    माछापुच्छ्रे बैंकले यो अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

    माछापुच्छ्रे बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    प्रतिकृया दिनुहोस्