News Portal

  • लक्ष्मी सनराइजको ब्याज आम्दानी ५ अर्ब २४ करोड, कर्जा ४.७१ प्रतिशत बढ्यो

    आर्थीकसंसार संवाददाता१५ माघ, २०८२
    १४ पटक
    १५ माघ, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब १९ करोड १ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १८.१५ प्रतिशत बढेर १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशत बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन नाफा १५ करोड ९८ लाख ८ हजार रुपैयाँ ऋणात्मक छ ।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ । २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड ९ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

    पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ४.६८ प्रतिशत बढेर ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ र कर्जा प्रवाह ४.७१ प्रतिशत बढेर २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ९६ करोड ३६ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.४४ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.४७ प्रतिशत छ ।

    बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.२३ रुपैयाँ छ । गत वर्षको पुसमा ५.५६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा घटेर ५.५० प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्