१४ माघ, २०८२काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६२ करोड ६६ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १७.१६ प्रतिशत घटेर ४४ करोड ८४ लाख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५९ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ९० लाख ९४ हजार रुपैयाँ र सञ्चालन नाफा ३९४.६४ प्रतिशत बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ६० करोड ७१ लाख ७५ हजार रुपैयाँ थियो । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ७८ करोड २३ लाख ५८ हजार रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ९.८७ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ४.४४ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३० करोड ३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.४८ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.९६ प्रतिशत रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.४९ रुपैयाँ बढेर १७.७६ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६२.४३ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ५.३४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ४.९९ प्रतिशत खराब कर्जा थियो ।


