News Portal

  • सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ माघ, २०८२
    १६ पटक
    १३ माघ, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा दुईदिने नेशनल एजेन्सी मिट २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ । होटल ग्रान्ड पोखरामा आयोजित उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

    देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा कम्पनीले असाधारण व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ (MDRT 2026) हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको छ ।

    कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, निरन्तर योगदान र समर्पणमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो । एमडीआरटी हासिल गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो ।

    दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए । उनको प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । साथै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।

    सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ ।

    हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्