News Portal

  • हिमालयन लाइफको एमडीआरटी २०२६ सम्मान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ माघ, २०८२
    १३ पटक
    १२ माघ, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वर्ष २०२६ का लागि योग्य भएका एमडीआरटीलाई सम्मान गरेको छ । माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा आयोजित विशेष कार्यक्रम अन्तर्गत आईतबार उनीहरूलाई सम्मान गरिएको हो ।

    तीन जना सीओटी र ५४ जना एमडीआरटीलाई कम्पनीले सम्मान गरेको हो । उनीहरूलाई कम्पनीका सञ्चालक सदस्य सचिन आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल लगायतले खदाले सम्मान गर्नुका साथै ट्रफी प्रदान गरेका थिए ।

    सीओटी बिमल ढकाल, लक्ष्मीदेवी शर्मा गौतम र रवीन्द्र तिमम्सिनालाई ट्रफिसहित एक लाख तीस हजार रुपैयाको चेक समेत प्रदान गरिएको थियो ।

    कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहेको थियो ।

    कम्पनीका बागमती प्रदेश प्रमुख हरि शर्माले स्वागत गरेको कार्यक्रम लुम्बिनी प्रदेश उपप्रमुख जुना कुँवर र सुदूरपश्चिम प्रदेश उपप्रमुख टेकराज आचार्यले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्