आर्थीकसंसार संवाददाता१२ माघ, २०८२
१२ माघ, २०८२काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वर्ष २०२६ का लागि योग्य भएका एमडीआरटीलाई सम्मान गरेको छ । माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा आयोजित विशेष कार्यक्रम अन्तर्गत आईतबार उनीहरूलाई सम्मान गरिएको हो ।
तीन जना सीओटी र ५४ जना एमडीआरटीलाई कम्पनीले सम्मान गरेको हो । उनीहरूलाई कम्पनीका सञ्चालक सदस्य सचिन आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाल लगायतले खदाले सम्मान गर्नुका साथै ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहेको थियो ।
कम्पनीका बागमती प्रदेश प्रमुख हरि शर्माले स्वागत गरेको कार्यक्रम लुम्बिनी प्रदेश उपप्रमुख जुना कुँवर र सुदूरपश्चिम प्रदेश उपप्रमुख टेकराज आचार्यले सञ्चालन गरेका थिए ।


